१२ कार्तिक २०७८, शुक्रबार
  • दान बहादुर बुढा

मुगु ।  मुगु जिल्लामा एकजना तामाङ्ग उच्च हिमाल तिर जाँदा हिमपहिरोमा परी मृत्यु हुँदा उनकाे शव नेपाली सेनाको हेलिकप्टरमार्फत झिकिएकाे छ ।

हिमपहिराेमा परी मृत्यू हुने मुगुमकार्मारोङ गाउँपालकिा–४ कार्तिकगाउँका ३४ वर्षीय मृतक कार्माछरिङि तामाङ उच्च हिमालतिर जडिबुटी संकलनको लागि गएका थिए । उनकाे ४ दिन पहिला मृत्यु भएकाे थियाे । बिहीबार नेपाली सेनाको NA 055 नम्बरको हेलिकप्टरबाट शव झिकेर ल्याइएकाे हाे ।

पाटनतिर जडिबुटी संकलनको लागि कार्तिक २ गते मृतक तामाङ्गसँगै गएका अन्य ७ जनामध्ये १ जना घाइते भएका थिएन भने ५ जना सकुशल रहेको र प्रमुख जल्लिा अधकिारी रोमबहादुर महतले बताएका छन् । हुम्ला जिल्लाको चंखेली गाँउपालीकाको मिमी गाँउको हिमाली लेकमा जडीबुटी संकलनको लागि पाटनमा पुगी फर्कने क्रममा उनीहरू हिमपहिराेमा परेका थिए ।

शव निकाल्नका लागि जिल्ला प्रशासन कार्यालय मुगु र गृहमन्त्रालयसँगकाे आग्रहपछि नेपाली सेनाको हेलिकप्टरले मुगु पुगेकाे थियाे । शव ल्याएर चिकित्सकद्वारा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV