१२ कार्तिक २०७८, शुक्रबार
  • कृष्ण कन्दङ्वा लिम्बू

तेह्रथुम । मैनाली समाज नेपालले तेह्रथुम जिल्लाका लागि एक थान एम्बुलेन्स उपलब्ध गराएकाे छ । तेह्रथुम मैनाली समाजको पहलमा समाजको केन्द्रीय कार्यालयले एम्बुलेन्स उपलब्ध गराएको हो ।

तेह्रथुम जिल्लाका लागि एम्बुलेन्स दिलाउन विगतदेखि नै केन्द्रलाई अनुरोध गर्दै आएको र सोही अनुसार एम्बुलेन्स प्रदान भएको मैनाली समाज तेह्रथुम अध्यक्ष जयप्रसाद मैनालीले बताउनुभयो ।

‘हामीले विगतदेखि नै मैनाली समाज केन्द्रलाई एम्बुलेन्सका लागि पहल गरेका थियौँ। सो अनुसार हामीलाई एम्बुलेन्स उपलब्ध गराउनु भएको छ,’ उहाँले भन्नुभयो ।

बिहीबार एक कार्यक्रमकाबीच एम्बुलेन्स प्रदन भएको अध्यक्ष मैनालीले बताउनुभयो । भारतीय दूतावासको सहयोगमा एम्बुलेन्स ६ महिना अघि नै मैनाली समाज केन्द्रीय कार्यालयलाई उपलब्ध भएको थियो । उक्त एम्बुलेन्सनै तेह्रथुम मैनाली समाजलाई वितरण गरिएको हो ।

एम्बुलेन्सको सम्पर्क कार्यालय तेह्रथुम आठराई गाउँपालिकाको वडा- ६ चुहानडाँडामा रहने अध्यक्ष जयप्रसाद मैनालीले बताउनुभयो ।

एम्बुलेन्स सेवा संचालन भएसँगै तेह्रथुम जिल्लाका नागरिकहरुका लागि सहज हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV