१२ कार्तिक २०७८, शुक्रबार

एजेन्सी । साउदीमा मृत्युदण्डको सजाय सुनाइएका एक युवक रिहा भएका छन् । अली अल–निम्न सिया नाम गरेका युवकलाई साउदीकाे अदालतले शिर छेदन गरि मृत्युदण्ड दिने फैसला सुनाइएकाे थियाे ।

उनी जेलबाट रिहा भएका हुन् । सन २०१२ मा सरकार विरोधी प्रदर्शनका बेला हिरासतमा गएका उनलाई अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

उनले राष्ट्रिय एकतामा आँच पुर्याएको भन्दै अदालतले २०१६ मै मृत्युदण्डको सजाय सुनाएको हो थियो । उक्त प्रदर्शन साउदी अरबको सिया अल्पसंख्यकले गरेका थिए । तर उनी जेलबाट रिहा भएका छन् ।

उनी जेल गएका बेला १७ वर्षको थिए । उनी त्यसपछि लगभग १० वर्ष जेल बसेका थिए । अली अल–निम्न सिया नेता शेख बाकिर अल–निम्नका भतिजा हुन् । साउदी अदालतले उनलाई मृत्युदण्डको फैसला सुनाएपछि संसारभरि आवाज उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV