१२ कार्तिक २०७८, शुक्रबार

एजेन्सी । स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा एट्लेटिको म्याड्रिड घरेलु टोली लेभान्टेसँग २-२ गोलको बराबरी खेलेको हो । एट्लेटिको म्याड्रिडले खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन ।

खेलको १२ औं मिनेटमा एट्लेटिकोले एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको थियो । उनले फिलिपेको पासमा गोल गरेका थिए ।

३७औं मिनेटमा इनिस बारदीले पेनाल्टीमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

७६औं मिनेटमा वैकल्पिक खेलाडी म्याथिअस कुन्हाले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । ९०औं मिनेटमा इनिस बारदीले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

यो बराबरीपछि एट्लेटिको १० खेलबाट १९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । समान १९ अंक नै रहेपनि रायो भालेकानो पाँचौ तथा ओसासुना सातौ स्थानमा रहेको छ । लेभान्टे ६ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV