१२ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा अस्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको १५५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

अस्ट्रेलियालाई सानदार जित दिलाउनको लागि डेभिड वार्नरले ६५ रन बनाए । कप्तान आरोन फिन्चले ३७ रनको योगदान गरे। त्यस्तै स्टिभ स्मिथले २८ रन बनाउँदा मार्कुस स्टोइनिसले १६ रन बनाए ।

श्रीलंकाका लागि वानिन्दु हसरङ्गा डे सिल्भाले २ तथा डासुन सानाकाले १ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

श्रीलंकाका लागि भानुका राजापाकासले ३३ रन बनाउँदा धासुन संकाले १२ रनको योगदान गरे । त्यसबाहेकका ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ अस्ट्रेलियाका लागि मिचेल स्टार्क, प्याट कमिन्स र आदम जाम्पाले समान दुई–दुई विकेट लिए ।

जितसँगै समूह ‘ए’मा रहेको अस्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेको छ । अस्ट्रेलिया समूहको दोस्रो स्थानमा छ । पराजित श्रीलंका २ खेलबाट २ अंक जोडेर समूहको चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV