१२ कार्तिक २०७८, शुक्रबार

तस्बीर : गोरखापत्र

काठामाडौं । माइतीघर–तीनकुने सडक खण्डको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र यातायात व्यवस्था विभाग कार्यालय अगाडिको सडकमा सोमबार ठूलो खाल्डो प-यो ।

अन्तर्राष्ट्रियस्तरको निर्माण गरिएको भनिएको सो सडकमा एउटा पूूरा लेन नै ढाक्ने गरी पाँच मिटर लम्बाइ, त्यत्ति नै मिटर चौडाइ र करिब पाँच फिट गहिरो खाल्डो परेको देखियो ।

त्यसैगरी एक वर्षअघि २०७७ असारमा मध्यबानेश्वरको मुख्य सडककै बीचमा गाडी नै छिर्न सक्ने ठूलो खाल्डो प-यो । राजधानीमा सडक भासिने यो दुईवटा घटना उदाहरण मात्र हुन् । राजधानीमा स–साना रूपमा सडक भासिने, सडकमै खाल्डो पर्ने घटना प्रायः दैनिक नै हुने गरेको पाइन्छ ।

आखिर किन भासिन्छन् राजधानीका सडकहरू रु किन सडकमा पर्ने गर्छन् खाल्डो भन्ने जिज्ञासामा गुणस्तरहीन सडक र खानेपानी पाइप तथा ढल निर्माणको काम हुनु तथा दिनहुँ भइरहेको जमिनमुनिको पानीको दोहन, सडक भासिनु र सडकमा खाल्डो पर्नुको मुख्य कारण रहेको सम्बन्धित विज्ञहरूको धारणा छ ।

दैनिक करोडौँ लिटर पानी जमिनमुनिबाट निकालिन्छ तर त्यसको सट्टामा ‘रिचार्ज’ नहुनुले हाम्रो जमिनमुनिको माटो भाग नै भासिँदै गएको उहाँहरूको धारणा छ ।

नेपाल सरकारका पूर्वसहसचिव तथा वरिष्ठ इन्जिनियर राजेन्द्र शर्माले सडक तथा ढलको गुणस्तरहीन निर्माण तथा निर्माणको क्रममा हुने गरेको हेलचेक्र्याइँ नै सडक भासिनु र सडकमा खाल्डो पर्नुको मुख्य कारण रहेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “सडकमुनि ढल बनाउँदा पाइप÷पाइपबीच र पाइप र भड्खालोबीच हुने जोर्नी राम्रोसँग ‘सिल’ नहुँदा पानी चुहिने गरिन्छ ।

यसरी चुहिने पानीले तलको माटो, बालुवालाई बगाउँदा त्यहाँ खाली ठाउँ हुन्छ र माथिबाट सवारीसाधन गुड्दा सडक भासिने र भड्गालो पर्ने गर्दछन् ।” राजधानीको धेरैजसो सडक भासिने र भड्खालो पर्न सक्ने उहाँको बुझाइ छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV