११ कार्तिक २०७८, बिहीबार

एजेन्सी । इराकको पूर्वी दियाला प्रान्तमा इराकी सेनाले गरेको कारबाहीमा आठ जना आइएसका आतङ्ककारीको ज्यान गएको छ ।

सेनाको आक्रमणमा परेर आइएसका कम्तीमा आठ जनाको ज्यान गएको बताइएको छ । सो आक्रमणमा अरु १० जना घाइते भएका छन् । दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार आइएसले हिंसात्मक क्रियाकलापहरु अघि बढाएपछि सेनाले कारबाही सुरु गरेको हो ।

इराकी राष्ट्रिय सुरक्षा निकायहरुले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरुको खोजी अभियानलाई तीब्र पारेको छ । इराकी सरकारले इराकका विभिन्न स्थानमा आइएसका हिंसात्मक गतिविधीहरु बढ्दै गएको भन्दै खोजी अभियान थालेको जनाएको छ

प्रतिक्रिया दिनुहोस्

LIVE TV