११ कार्तिक २०७८, बिहीबार
  • ज्योति कुमार पन्थी,

बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले यस आर्थिक वर्षमा नगरपालिका क्षेत्र भित्र रहेका १० किलोमिटर सडकलाई कालोपत्रे गर्ने भएको छ ।

नगरपालिकाले विगतका वर्षहरूमा गरेको सडक निर्माणलाई जोडेर यो वर्ष पनि करिब १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बताए ।

नगरपालिकालाई सम्पूर्ण वडासँग जोड्ने गरी सडक निर्माण शुरू गरिएको र विशेष गरी सबै गाउहरूलाई सडक सञ्जालसँग जोड्नका लागि सडक कालोपत्रे योजना अगाडि बढाइएको उप–प्रमुख अञ्जु दहितले बताइन् ।

११ वडालाई लक्षित गरेर पालिकाको मुख्य कार्यालय रहेको मंगरागढी बजारसम्म सडक जोड्ने गरी कालोपत्रे गनए लागिएको हो । नगर प्रमुख दूर्गा बहादुर थारूका अनुसार पहिलो चरणमा सडकहरूको स्तरोन्नति गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV