
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् ।
प्रधानसेनापति शर्मा भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन् । उनी कात्तिक २३ गते भारत भ्रमणमा जाँदै छन्।
कात्तिक २६ गते भारत भ्रमण सकेर प्रधानसेनापति शर्मा स्वदेश फर्कने जनाइएको छ ।