११ कार्तिक २०७८, बिहीबार

बागलुङ । बागलुङमा पोथी चितुवालाई गर्धन समातेर नियन्त्रणमा लिएको छ ।

बडिगाड गाउँपालिका– ९ मालारानीमा कुखुरा फर्ममा विहिबार झिस्मिसेमा एक पोथी चितुवा पस्न आएको दिलबहादुर थापाले गर्धन समातेर नियन्त्रणमा लिएका हुन् ।

चितुवाले खोरमा भएका एक सय बोइलर कुखुरामध्ये केहलाई खाएको र केहीलाई मारेको बताइएको छ। स्थानीयले चितुवालाई समातेर वनमा छोडेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV