११ कार्तिक २०७८, बिहीबार
  • रामगोपाल तमखु

भक्तपुर । स्पेनका सभामुख सहित २४ जनाको टोलीले आज भक्तपुर नगर अवलोकन भ्रमण गरेका छन् ।

बागमती प्रदेश सभाका माननीय सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रदेश सभासद् सुरेन्द्रराज गोसाइँलगायतले पुष्पगुच्छा, भादगाउँले टोपी, खादा, प्रदान गरी भक्तपुर दरबार क्षेत्रको खौमा ढोकामा स्वागत गरिएको छ ।

नगर प्रमुख प्रजापतिले बागमती प्रदेशसभाका माननीय सभामुख, उपसभामुख र भक्तपुर जिल्लाका माननीय सांसद र स्पेनिस संसदीय प्रतिनिधिमण्डल टोलीलाई दरबार क्षेत्रमा राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याल दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिलु महादेव मन्दिर र चर्तुब्रम्ह महाविहार अवलोकन गर्दै तःमारी क्षेत्रको ङातापोल्हँ मन्दिर, भैरवनाथ मन्दिरको अवलोकन गर्नुभएको थियो ।

नगर प्रमुख प्रजापतिले सभामुख डेल्गाडोसहितको प्रतिनिधिमण्डललाई काठको मयुर झ्याल र नगरपालिकाका प्रकाशनहरु मायाको चिनो स्वरुप उपहार प्रदान गर्नुभएको थियो ।

भ्रमणको क्रममा प्रतिनिधिमण्डल टोलीले भक्तपुर नपाले व्यवस्था गरेको सांस्कृतिक नाचहरु माक प्याखं, कवांचा प्याखं र जंगली प्याखंको रुचिपूर्वक अवलकेन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV