११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । विहीबार (आज) बसेको नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिको बैठकले केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते गर्ने निर्णय गरेको हो ।

यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर, विहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुनेछ ।

त्यस्तै, सिन्धुपाल्चोक, डोल्पा, बाँके, सर्लाही, बारा, पर्सालगायतका १२ वटा जिल्लामा यही कात्तिक २७ गते गाउँ/नगर वडा अधिवेशन, कात्तिक ३० गते गाउँ/नगरपालिका अधिवेशन, मंसिर ३ गते प्रदेश सभा क्षेत्रीय अधवेशन, मंसिर ६ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधवेशन हुनेछ ।

त्यस्तै मंसिर १० गते एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन हुनेछ । सार्वजनिक कार्यतालिका अनुसार सोलुखुम्बु, दार्चुला र म्याग्दी गरी ३ जिल्लामा कात्तिक २७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र मंसिर १ गते प्रतिनिधिसभा क्षेत्रीय अधवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन हुने भएको छ ।

जुम्लामा भने मंसिर १ गते जिल्ला अधिवेशन हुनेछ । त्यस्तै पाँचथर, इलाम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, झापा, लमजुङ, कास्की, तनहुँ, पर्वत, दैलेख, डोटी, अछाम, कञ्चनपुर, डडेल्धुरालगायतका ४६ वटा जिल्लामा भने मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछ ।

त्यस्तै मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन र मंसिर १० गते एक भन्दा बढी प्रतिनिधसभा नर्वाच्न क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV