११ कार्तिक २०७८, बिहीबार

एजेन्सी । माछा मार्ने अधिकारलाई लिएर फ्रान्स र बेलायतमा विवाद बढेको छ ।

बढ्दो विवादको बीचमा, फ्रान्सले एक बेलायती ट्रालर जफत गरेको छ । मौखिक चेतावनी पनि दिइएको छ। बेलायत युरोपेली संघबाट बाहिरिएपछि समुन्द्रबाट माछा मार्ने क्षेत्रलाई लिएर युरोप र बेलायतबीच मतभेद छ ।

फ्रान्सका युरोपेली मामिला मन्त्री क्लेमे बेनोले सिन टिभीलाई भने, बेलायतले फ्रान्सलाई माछा मार्ने लाइसेन्स नदिने।

निकै कडा बयान दिँदै बेनोले भने, ‘हामीले अहिलेसम्म वार्ताको बाटो अपनाएका छौं तर आधा लाइसेन्स मात्र पाएका छौँ । त्यसैले अब हामीले बलको भाषा प्रयोग गर्नुपर्छ किनभने बेलायती सरकारले यही बुझेको हुनसक्छ।’

बुधवार, बेलायतका ब्रेक्सिट मन्त्री लर्ड फ्रस्टले बेलायतका डुङ्गाहरूलाई बन्दरगाहबाट रोक्ने फ्रान्सेली धम्की निराशाजनक भएको बताए।

बेलायत युरोपेली संघबाट बाहिरिएपछि फ्रान्स र बेलायतबीच समुद्रमा माछा मार्ने विषयमा विवाद भएको छ ।

फ्रान्सले बेलायतसंगको नोभेम्बर २ सम्ममा माछा मार्ने सम्झौता नभएमा बेलायतका डुङ्गा र ट्रकहरूमाथि कारबाही गर्ने र च्यानल (बेलायत र फ्रान्सलाई जोड्ने समुद्री सुरुङ) मार्फत ऊर्जा आपूर्ति कटौती गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV