११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीको टोलीले मकवानपुर जिल्ला मनहरी गाउँ पालिका ७ मनहरी बजारमा स्थित विरगंजबाट चितवन जाँदै गरेको बस चेक जाँचको क्रममा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार पक्राउ पर्नेमा भारत विहार पुर्वी चम्पारण जिल्ला मोतीहारी ग्राम आदापुर वडा नम्बर २ बस्ने २२ वर्षीय को सद्दाम अन्सारी र भारत विहार जिल्ला मोतीहारी ग्राम सिसवा सौनाहा वडा नम्बर २ बस्ने १८ वर्षीय को रोहान आलम छन् ।

बिहीबार बेलुका ना ७ ख २०१९ नम्बरको यात्रुबाहक बसमा झोलामा लुकाएर लागुऔषध ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

पक्राउ परेका उनीहरूको साथबाट चेकजाँचका क्रममा लागुओषध डाईजेपाम ३०० सय एम्पुल,फेनार्गन ३०६ एम्पुल, नुफिन ३०४ एम्पुल लागु औषध बरामद गरिएको उनले बताए ।

पक्राउ गरिएकालाई दुईजनालाई लागुऔषध एैन २०३३ अन्तर्गत म्याद थप गरि थप अनुसन्धान गरिएको ईप्रका मनहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV