११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । सरकारले बाढी–पहिरो र डुबानका कारण बेपत्ता भएकाको परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

सिंहदरबारमा विहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले बाढी–पहिरो तथा डुबानका कारण बेपत्ता भएकाको परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यसोत यसअघि नै सरकारले बाढी–पहिरो र डुबानका कारण बेपत्ता भएकाको परिवारलाई २ लाख रुपैयाँ र एकजना भन्दा बढीको मृत्यु भएको भएको खण्डमा प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV