११ कार्तिक २०७८, बिहीबार

एजेन्सी । भारतको जम्मू कश्मीरको डोडा जिल्लामा बिहीबार एउटा मिनी बस खाडलमा ठोक्किएर भएको दुर्घटनामा नौ यात्रुको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

डोडाबाट जाँदै गरेको बस सुई गौरी क्षेत्रमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार घाइते मध्ये सात जनालाई उपचारको लागि जम्मूको सरकारी मेडिकल कलेज (जीएमसी) अस्पतालमा लगिएको थियो भने अन्यलाई डोडाको सरकारी अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV