११ कार्तिक २०७८, बिहीबार

काठमाडौँ । सरकारले तीन महत्वपूर्ण देशमा राजदूत सिफारिस गरेको छ। आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्यलाई बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले राजदूतमा सिफारिस गरेका शर्मा पूर्व राजदूत तथा अर्थशास्त्री हुन् भने खत्री राजनीतिक शास्त्रका प्राध्यापक तथा परराष्ट्र मामिला जानकार हुन् । त्यस्तै, आचार्य पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव हुन् ।

मन्त्रिपरिषदले सिफारिस गरेको नाम राष्ट्रपतिबाट अनुमोदन भएपछि तीन देशका राजदूतावासले नेतृत्व पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV