११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले न्यायालयभित्रको विवाद लोकतन्त्रको निम्ति शोभनीय नभएको बताएका छन् ।

विहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले न्यायालयभित्रको विवादले गम्भीर अनिष्टको संकेत गरेको समेत बताए ।

उनले न्यायलयभित्रको विवाद न्यायलयभित्रैबाट हल हुनुपर्ने भन्दै त्यसो हुन नसके व्यवस्थापिकाले समस्या हल गर्ने जिकिर गरे ।

त्यस्तै उनले एमाले अध्यक्ष केपी ओलीले न्यायलयको आन्तरिक बिषयमा हस्तक्षेप गर्नु खोज्नु पानी धमिलाएर माछा मार्नु जस्तो भएकाले त्यसो नगर्नु नै ठीक हुने सुझाव दिए ।

त्यस्तै कांग्रेस नेता भिमसेनदाश प्रधानले प्रधानन्यायाधीश कै कारण विवाद उठेको बताए । न्यायालयको विवाद न्यायालयबाटै निरुपण भए न्यायलयको इज्जत बढ्ने उनको भनाइ छ ।

त्यस्तै एमाले सांसद महेश बस्नेतले उनले न्यायालयमा देखिएको समस्या व्यक्तिगत रुपमा भन्दा पनि नीतिगत समाधान हुनुपर्ने बताए ।

बस्नेतले वर्तमान प्रधानन्यायाधीश हटाएर नयाँ प्रधानन्यायाधीश ल्याउनका लागि विवाद सिर्जना गर्न खोजिको आशंका व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV