११ कार्तिक २०७८, बिहीबार
  • रामगाेपाल तमखु

भक्तपुर । तिहार नजिकिएसंगै भक्तपुरका पाला बनाउने काम गर्नेहरुलाई पाला बनाउन भ्याई नभ्याई भएको छ । समय परिवर्तनसँगै नयाँ पुस्ताले माटोको काममा चासो नदिएता पनि यहीं कामलाई निरतरता दिनेहरुको लागि भने यो समय पाला बनाउन व्यस्त बनेका छन् ।

भक्तपुर नगरको बोलाछें, सूर्यमढी, जेलाँ, जगाती, सूर्यविनायक, लिवाली र मध्यपुरको चपाचो, पाँचो लगायतका टोलमा माटाको भाडाहरु बनाउने गरिन्छ ।

यति बेला भक्तपुरका पाला बनाउने प्रजापतिहरुलाइ बजारको माग अनसुार पाला बनाउनमै ब्यस्त रहेका छन् प्रजापतिहरु । अन्य समयमा दैनिक एक, दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा दैनिक तीन, चार हजार सम्म बिक्री हुने गरेको यस क्षेत्रका व्यवसायीहरु बताउँछन् ।

प्लास्टिकका भाडाकुडाले गर्दा अन्य समयमा अन्य माटाका भाडाहरु फाटपूmट बिक्री हुने गरेको र अरु समय हात बाँधेर नै बस्नु परेको प्रजापतिहरु गुनासो गर्छन् । भक्तपुर नगरपालिका वडा नम्बर ४का प्रजापतिहरु अन्य समयमा माटाका भाडा बनाउनमा व्यस्त रहेता पनि तिहारको आगमन सँगै पाला बनाउनमा भने व्यस्त बनेका छन् । यो समयमा पालाको व्यापार राम्रो हुने भएकोले तिहारपर्व रमाईलो हुने गरेको उनीहरु बताउँछन् ।

सबै भन्दा सानो पाला गत वर्ष एक सय वटाको ७५, ८० रुपैयाँ लिने गरेको भए पनि यस वर्ष मूल्य बढेर काचो प्रति सयको १०० देखि १५रुपैयाँ र पोलेको एकसय पचास रुपैयाँ देखि माथि र ठुलो पाला भने प्रतिगोटा दस देखि १२ रुपैयाँमा विक्री गरेको प्रजापतिहरु बताउँछन् ।

माटोको अभाव र महँगीका कारण मूल्य बढी भएको पाला बनाउनेहरु बताउँछन् । पाला मात्र नभएर माटाका भाडा बनाउँदा विशेषगरी माटाको समस्या तथा स्थान अभावका कारण बनाइएका माटाका भाडाहरु पोल्न स्थानको समेत अभाव रहेको यस क्षेत्रका माटाका भाडा बनाउनेहरुको गुनासो रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV