११ कार्तिक २०७८, बिहीबार

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू दक्षिण एसियाली देशहरूसंग उभिने बताएका छन् । उनले ताइवानमा चीनको कदम शान्ति र सुरक्षाका लागि खतरा भएको बताए।

इस्ट एसिया समिटको भर्चुअल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उक्त कार्यक्रममा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ पनि उपस्थित थिए।जो बाइडेनले प्रजातन्त्र र समुद्री स्वतन्त्रताको रक्षा गर्न अमेरिका दक्षिण एसियाली देशहरूसंग उभिने बताए।

उनले ताइवानमा चीनको ‘जबरदस्ती कारबाही’लाई शान्ति र स्थिरताका लागि खतरा भएको बताए । बाइडेनले अमेरिकाले इन्डो–प्यासिफिक क्षेत्रमा आर्थिक सञ्जाल विकास गर्न सहयोगीहरूसंग वार्ता सुरु गर्ने बताए।

बाइडेनले ताइवानप्रति अमेरिकाको प्रतिबद्धता दृढ रहेकोमा जोड दिए। ‘हामी चीनको जबरजस्ती कारबाहीबाट चिन्तित छौं,’ उनले भने।

यसअघि बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV