११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३५५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ८४८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २७ जना र २ हजार ५०७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०५ हजार ७७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६६४ जना कोरोनामुक्त भए, २ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ सय ६४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८९ हजार ७८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५५ जनाको परीक्षण हुँदा हालसम्म कुल ५० लाख ५६ हजार ३३८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV