११ कार्तिक २०७८, बिहीबार

काठमाडौँ । नेप्से सूचक १३.०४ अंकले बढेर २७८२.१७ विन्दुमा बन्द भएको छ । ५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस दिन २२२ कम्पनीको ९२ लाख ३६ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ मध्ये ७ समूहको भाउ वृद्धि भएको छ ।

माइक्रोफाइनान्स, हाइड्रोपावर तथ अन्य समूहका सूचकमा बढी वृद्धि देखिएको छ । रिडी हाइड्रोपावरको भाउ बढेर सर्किट लागेको छ ।

२९ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेसनल हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानम क्रमशः नबिल बैंक र जीवन विकास लघुवित्त परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV