११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले विहीबार (आज) पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी गरेका हुन् । गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिने तयारीमा छन् ।

त्यस्तै माओवादी केन्द्रले सामाजिक विकास मन्त्री, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले आन्तरिक मामिला तथा कानून मन्त्रालय पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV