११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । चलचित्र ‘सत्यम्’मा नायक राजेश हमालको अपोजिटको रुपमा नायिका निरुता सिंहलाई अफर गरिएको छ ।

निरुतालाई चलचित्रको लागि अफर गरिएपनि उनले काम गर्ने वा नगर्ने पक्का भैसकेको छैन ।

चलचित्रमा खलपात्रको भूमिकामा भने नायक अनुप विक्रम शाही देखिने जनाइएको छ । चलचित्रमा नायक पल शाहको अपोजिटमा नायिका मलिका महत्त रहनेछिन् ।

तिहारपछि छायांकन सुरु हुन लागेको चलचित्र ‘सत्यम्’को वर्कशपका लागि मुख्य कलाकारहरु नायक राजेश हमाल, पल शाह, नायिका मलिका महत्त लगायतको टोली धम्पुसमा छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV