
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि कात्तिक २९ गतेसम्मका लागि स्थगित गरिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसद्हरु वेल घेर्न पुगेका थिए।
बैठकमा सभामुख अग्नि सापकोटाले अवरोधका कारण आम सरोकारका विषय प्रवेश गर्न नपाएको उल्लेख सदन खुलाउन आग्रह गरेका थिए ।
सभामुख सापकोटाले निरन्तर संसद अवरोध हुँदा आम सरोकारका विषय उठ्न नसकेको भन्दै संसद सञ्चालन गर्नका लागि एमालेका सांसदहरुसंग सहयोगकोे लागि अनुरोध गरेका थिए ।
तर एमाले सांसदहरुले एमालेका सांसद्हरु नाराबाजी गरिरहेपछि अवरोधकाबीच बसेको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
लगत्तै अर्को बैठक कात्तिक २९ गते बस्ने गरी समाभुख सापकोटाले बिहीबारको बैठक स्थगित भएको घोषणा गरेका छन्।