११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । डिशहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईसीटीभी सित्तैमा दिने योजना ‘काइदाको फाइबरनेटमा फाइदाको आईपीटभी’ सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकहरुले बार्षिक भुक्तानीमा आईपीटभ सित्तैमा पाउने भएका छन् ।

डिशहोम फाइबरनेटको ४० एमबीपीएसको एक वर्षको लागि ग्राहकले भ्याट बाहेक रु. १२,९९९ खर्चनुपर्ने हुन्छ । ग्राहकले यसबापत इन्टरनेट र आईपीटीभीको बार्षिक सब्सक्रिप्शनका साथै आवश्यक ड्रप वायर, राउटर, सेटअप बक्स र जडान सेवा सबै निःशुल्क पाउने बताइएको छ ।

साथै डिशहोम फाइबरनेटले यस अघिनै १०० एमबीपीएसको इन्टरनेट मात्र रु ८९९ मा ग्राहकलाई उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV