११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मान्त्री विरोध खतिवडाले लक्ष्य अनुसार नै सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाइने बताएका छन् ।

विहीबार (आज) मन्त्रालयमा सञ्चारकर्मीको छलफलका क्रममा मन्त्री खतिवडाले नेपालमा कोरोनाविरुद्धको खोप अभाव नभएको भन्दै लक्ष्य अनुसार नै सबै नेपालीलाई कोरोना बिरुद्धको खोप लगाइने बताएका हुन् ।

मन्त्री खतिवडाले हाल ३० लाख खोप मौज्दात रहेको दुई करोड खोप आउने प्रक्रियामा रहेको जानकारी पनि दिए । १२ देखि १८ वर्षका बालबालिकालाई लगाउनका लागि १ करोड डोज खोप पनि छिट्टै आउने उनले बताए ।

त्यस्तै मन्त्री खतिवडाले औषधिमा मूल्यबृद्धि हुन नदिन आफूले निरन्तर सरोकारवाला निकायसंग छलफल गरिरहेको भन्दै आफुखुसी मूल्यबृद्धि गरे कारवाही गर्ने चेतावनी दिए ।

मन्त्री खतिवडाले आफ्नो कार्यकालमा अनियमितता भएको सुन्न नपर्ने अठोट गरेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV