११ कार्तिक २०७८, बिहीबार

एजनसी । जापानमा एउटा बाइकको झन्डै आठ करोड १६ लाख नेपाली रुपैयाँ राखिएको छ। उक्त बाइक आकाशमा उड्न सक्ने जनाइएको छ ।

जापानमा एउटा ‘स्टार्टअप कम्पनी’ले होभरबाइक भनिने उक्त मोटरसाइकल निर्माण गरेको जनाइएको छ। त्यसको मूल्य छ लाख ८० हजार डलर अर्थात् झन्डै आठ करोड १६ लाख नेपाली रुपैयाँ राखिएको बीबीसीमा उल्ल्ेख छ।

होभरबाइकको ‘एक्सटुरिज्मो लिमिटिड इडिशन’ बुधवारदेखि जापानी बजारमा उपलब्ध भएको जनाइएको छ। मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा निर्माता एएलआई टेक्नोलजीजले राखिएको छ।

इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिशी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा टोक्योस्थित उक्त कम्पनीका लगानीकर्ता रहेका छन्।

एएलआई टेक्नोलजीजका अनुसार एकचोटि चार्ज गरेपछि यो होभरबाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV