११ कार्तिक २०७८, बिहीबार

एजेन्सी । बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानसँग सेल्फी खिच्ने किरण गोसावी पक्राउ परेका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनविसी) का स्वतन्त्र साक्षी किरण गोसावीलाई पुणे शहर प्रहरीले पक्राउ गरेको हाे।

किरण गोसावी एक निजी (स्वघोषित) जासूस हुन् । उनलाई एनसीबीले आर्यन खान मुद्दामा स्वतन्त्र साक्षी बनाएको थियो। गोसावीलाई सन् २०१८ मा ठगी गरेको मुद्दामा पुणे पुलिसले पक्राउ गरेको छ।

किरण गोसावीको आर्यन खानसँग सेल्फी लिदै गरेको तस्विर भाइरल भएको छ । उक्त तस्वीर भाइरल भएपछि आर्यन खान केसमा किरणको भूमिकालाई लिएर पनि प्रश्न उठ्न थालेको थियो ।

आर्यनको केसमा पनि एनसीबीको छापामा किरण गोसावीको संलग्नतालाई लिएर प्रश्न उठिरहेको थियो । उनलाई ठगीको मुद्धामा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

उनी विरुद्ध पुणेको कसबा पीठ क्षेत्रका चिन्मय देशमुखले मे २९, २०१८ मा किरण गोसावीविरुद्ध फरासखाना प्रहरी चौकीमा एफआईआर दर्ता गराएका थिए । उनले गोसावीलाई मलेसियामा जागिर लगाइदिने भन्दै लाखौँ रुपैँया ठगी गरेको आरोप रहेको छ ।

उनी उत्तर प्रदेशमा रहेको खुुलासा भएको थियो । गोसावीले यूपी पुलिससमक्ष आत्मसमर्पण गर्ने कुरा पनि बाहिर आएको थियो । बुधबार उनी पुणे गए र मुम्बईमा एनसीबीका अधिकारीहरूसमक्ष उपस्थित हुने समाचार च्यानलहरूलाई बताएका थिए ।

पुणे पुलिस कमिश्नरका अनुसार पुणे पुलिस अपराध शाखाले किरणलाई बिहीबार बिहान मुम्बई जानु अघि नै पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV