११ कार्तिक २०७८, बिहीबार

काठमाडौँ । टु स्टार क्लबको आयोजनामा ललितपुरको गोदावरीमामा सेभेन ए साइड मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । ‘विविधतामा एकता’ भन्ने मूल नाराका अन्तर वडास्तरीय उक्त फुटबल प्रतियोगिता यही कार्तिक १३ गतेबाट हुन लागेको हो ।

क्लबको २७औँ वार्षिकोत्सब तथा दीपावली, नेपाल संवत र छठ पर्वको उपलक्षमा हुने प्रतियोगिता कार्तिक २७ गतेसम्म चल्नेछ ।  प्रतियाेगितामा २० टाेलीकाे सहभागिता रहने जनाइएकाे छ ।

गोदावरी नगरपालिका वडा नं १२ सहआयोजक तथा सहकारी पे पावर्ड बाइ प्लानेट अर्थ सोलुसन प्रायोजक रहेको उक्त प्रतियोगिताका विजेताले नगद रु १ लाख र ट्रफी प्राप्त गर्नेछन् । यसैगरी उपविजेताले नगद रु ५० हजार र ट्रफी पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV