११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले न्यायाधीशको राजीनामा माग गर्नु नाजायज र अनुचित भएको बताउनु भएको छ ।

बिहीबार कैलालीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले न्यायाधीशको राजीनामा माग्नु अव्यवहारिक भएको दावी गर्नुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति लक्षित हुँदै उहाँले भन्नुभयो, ‘आफ्नो रिस साँध्नका लागि ओली जीले सबैलाई निकाल्नुपर्छ भन्दै जुन ढंगले भूमिका खेल्नुभएको छ। उहाँको अत्यन्तै अनुचित हस्तक्षेपकारी, देशका सबै सिस्टमलाई भत्काउने प्रवृत्तिकै उपज हो।’

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामाको माग उठीरहेका बेला केही दिन अघि केपी शर्मा ओलीले सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताउनु भएको थियो ।

त्यस्तैगरी अध्यक्ष नेपालले केपी ओलीले सबैथोक बिगारेका ओलीले न्यायपालिकालाई अनावश्यक रुपमा लान्छना लगाउने गरेको आरोप लगाउनुभयो । न्यायपालिकालाई स्वतन्त्र ढङ्गले चल्न दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

अध्यक्ष नेपालले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउनेबारे कुनैपनि कुरा नभएको स्पष्ट पार्नुभयो । उहाँले यसबारे पाँच दलिय गठबन्धनमा कुराकानी नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV