११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानन्यायाधीश प्रकरणमा बोलेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा स्टाटस लेख्दै आफ्नो धारणा राखेका हुन् ।

उनले राज्यको स्थायी अंग एकपछि अर्को गर्दै पतनको संघारमा पुग्नु गम्भीर विषय भएको बताएका छन् । त्यस्तै लामो क्रान्तिपछि पनि पुरानो राज्यको थोत्रा अंग जस्ताको त्यस्तै बोकेर हिड्नुको परिणामको उपजको रुपमा यस घटनालाई लिनसकिने उनले बताएका छन् ।

उनले वर्तमान राज्यका प्रणालीलाई मरेकी सतिदेवीको संज्ञा दिँदै त्यसलाई बोकेर भौतारिँदै हिँड्ने की बेलैमा सदगद गर्ने ? भन्दै प्रश्न गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV