११ कार्तिक २०७८, बिहीबार

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्ती गरेको छ ।

बुधबार राति रायो भालेकोनोसँग १-० गोल अन्तरले पराजित भएपछि बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्ती गरेको हो ।

बार्सिलोनाले भनेका छ- ‘ रोनाल्ड कोम्यान टोलीबाट बिदा हुनुहुनेछ, क्लबमा गरेको सेवाको लागि धन्यवाद दिन चाहन्छ र उनको व्यावसायिक करियरमा शुभकामना ।’

१४ महिना अघि नोउ क्याम्प आएका कोम्यानले ला लिगामा १० खेलबाट जम्मा १५ अंक बनाएका छन् । टोली तालिकाको नवौं स्थानमा छ ।

बुधबार भएको ला लिगाको खेलमा बार्सिलोना रायो भालेकानोसँग १० गोल अन्तरले पराजित भएको थियो ।
त्यसअघि अक्टोबर २४ मा नोउ क्याम्पमा रियल म्याड्रिडसँग बार्सिलोना २–१ गोल अन्तरले पराजित भएको थियो । एल क्लासिकोमा कोम्यानको लगातार तेस्रो हार हो ।

कोम्यानलाई गत वर्षको अगस्टमा बार्सिलोनाले नियुक्त गरेको थियो । उनले गत वर्ष बार्सिलोनालाई ला लिगामा तेस्रो स्थानमा पुर्याए भने कोपा डेल रे जिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV