११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । विश्वकप टि–२० मा नामिबियाले पहिलो जित निकालेको छ । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर–१२ मा डेब्यु खेलमा नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले हराएको हो ।

स्कटल्यान्डले दिएको १०९ रनको लक्ष्य नामिबियाले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नामिबियाको जितको लागि जेजे स्मिथले ३२ रन बनाए । त्यस्तै कार्गिल विलियम्सले २३ रन बनाउँदा भान लेन्गेले १८ रन बनाए ।

बलिङतर्फ स्कटल्यान्डका लागि मिचेल लेक्सले दुई विकेट लिए । त्यस्तै बार्ड वेल, साफयन सारिफ, क्रिस ग्रेभास र मार्क वाटले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २ं० ओभरमा ८ विकेट गुमाएर १०९ रन बनायो । स्कटल्यान्डका लागि मिहेल लेकाले ४४ रन बनाए । त्यस्तै माथे क्रोसले १९ रन बनाउँदा क्रिस ग्राभेसले २५ रनको योगदान गरे ।

सुपर-१२ मा पहिलो जित निकालेको नामिबियाले २ अंक जोडेको छ । यता स्कटल्यान्डको लगातार दोस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV