११ कार्तिक २०७८, बिहीबार

एजेन्सी । डिएफबी कपमा बोरुसिया मोन्चेनग्लाडबाकले बायर्न म्युनिखमाथि सानदार जित निकालेको छ । गएराति भएको खेलमा मोन्चेनग्लाडबाकले बायर्नलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

मोन्चेनग्लाडबाकलाई सानदार जित दिलाउनको लागि ब्रिल एम्बोलो र रामी बेन्सबाइनिले २-२ गोल गरे । कउडियो कोनेले १ गोल थपे ।

खेलको दोस्रो मिनेटमा नै कउडियोले गोल गर्दै मोन्चेनग्लाडबाकलाई अग्रता दिलाएका थिए । खेलको १५ अ‍ौं मिनेटमा बेन्सबाइनिले गोल गर्दै मोन्चेनग्लाडबाकको अग्रता दोब्बर पारे ।

खेलको २१ अ‍ौं मिनेटमा बेन्सबाइनिले नै पेनाल्टीमार्फत गोल गर्दै ३-० ले अघि बढाए । लुकास हर्नान्डेजबाट ब्रिल एम्बोलोमाथि पेनाल्टी क्षेत्रभित्र फल गरेपछि पेनाल्टी दिएको थियो ।

५१ अ‍ौं मिनेटमा एम्बोलोले गोल गर्दै मोन्चेनग्लाडबाकलाई ४-० को अग्रता दिलाए । ५७ अ‍ौं एम्बोलोले नै गोल गर्दै मोन्चेनग्लाडबाकलाई ५-० को सानदार जित दिलाए ।

हारसँगै बायर्न प्रतियोगिताबाट बाहिरिएको छ । बायर्नले पहिलो रोजाइका खेलाडी उतारेपनि प्रशिक्षक जुलियन नागल्सम्यान भने उपस्थित थिएनन् । उनलाई कोरोना संक्रमण भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV