१० कार्तिक २०७८, बुधबार

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं महाधिवेशनको कार्यतालिका तय भएको छ ।

(फोनिज) को सातौं महाधिवेशन आगामी माघ ७–८ सम्मको लागि तय भएको छ।
नुवाकोटको ककनीमा बुधबार बसेको संघीय समिति बैठकले महाधिवेशनको कार्यतालिका तय तरेको हो । महाधिवेशनको हुने स्थान टुंगो लगाउने जिम्मा भने सचिवालयलाई दिएको जनाइएको छ।

प्रदेश अधिवेशन पुस २४ गते, जिल्ला अधिवेशन मंसिर २५ गते गर्ने निर्णय पनि भएको बताइएको छ। यस्तै मंसिर १५ गतेसम्म सदस्यता वितरण तथा नवीकरण गरिसक्ने निर्णय गरिएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV