१० कार्तिक २०७८, बुधबार

काठमाडौं । इंग्ल्याण्डले आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । बुधबार (आज) आबुधाबीमा बंगलादेशलाई ८ विकेटले पराजित गर्दै इंग्ल्याण्डले लगातार दोस्रो जित निकालेको हो ।

यो जितसँगै इंग्ल्याण्डले २ खेलमा ४ अंक जोडेको छ । इंग्ल्याण्ड समूह ‘१’ को शीर्ष स्थानमा रहेको छ । बंगलादेशले दिएको १ सय २५ रनको लक्ष्य इंग्ल्याण्डले १४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्याण्डको जितमा जासन रोयले ६१ रनको अर्धशतकीय इनिङ्स खेले, भने डाविड मालनले अविजित २८ रन जोडे । त्यस्तै जोस बट्लरले १८ रन बनाए । जोनी बेयर्सटो ८ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । बंगलादेशका मुस्फिकर रहिमले २९ रन जोड्दा कप्तान महमुदउल्लाहले १९ रन बनाए । त्यस्तै नासुम अहमेद १९ रनमा अविजित रहे, भने नुरुल हसनले १६ रन जोडे ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV