१० कार्तिक २०७८, बुधबार

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)  भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच बुधवार भेटवार्ता भएको छ ।

भेटमा मन्त्री श्रेष्ठलेयुएईमा कार्यरत नेपाली श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमायुएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गरे ।

सोक्रममा नेपाल– युएई द्विपक्षीय वैठक आयोजना गर्ने, युएईजाने नेपाली कामदार लक्षित सिपमुलक तालिम संचालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदारयुएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगाएका बिषयमा छलफल भएको छ ।

आबुधाबीमा अन्य कुटनीतिक भेटघाट

आबुधाबी डायलगको छैटौँ मन्त्रीस्तरीय वैठकमा सहभागि नेपाली टोलीले आवुधावीमा अन्य कुटनीतिक भेटघाट समेत गरेको छ ।नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेरश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले कतार,साउदी अरेविया र मलेसियाका समकक्षीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

कतारसँगको सचिवस्तरीय वैठकमा द्विपक्षीय श्रम सम्झौता, नोभेम्वर ८ र ९ मा हुने संयुक्त वैठकको तयारीका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाको बिषयमा छलफल भयो ।

साउदी अरेवियासँगको सचिवस्तरीय वैठकमा द्विपक्षीयश्रम सम्झौता, श्रमिककोक्षमता परीक्षण प्रणालीमा साउदी सरकारको सहयोग लिने बिषयका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाको बिषयमा छलफल भयो ।

मलेसियासँगको सचिवस्तरीय वैठकमा संयुक्त समितिको वैठक छिटो आयोजना गर्ने, सामाजिक सुरक्षाको दायरा वृद्धि गर्ने र नेपाली श्रमिकको मृत्युको कारण र रोकथामका साथै मलेसियामा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन सहजिकरण गर्ने बिषयमा छलफल भएको वैठकमा सहभागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा थानेश्वर भुषालले बताए ।

उपसचिव भुषाललाई रिसर्ज अर्वाड

श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम आबुधाबी डायलगमा आप्रवाशी कामदारको विषयमा अनुसन्धनात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुषालले रिसर्ज अर्वाड प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV