१० कार्तिक २०७८, बुधबार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई नगदसहित सम्मान गरिएको छ । माल्दिभ्समा भएको साफ च्याम्पियनसीपमा उप–विजेता भएको नेपाली टोलीका सदस्य तथा अफिसियलहरुलाई बुधबार (आज) सत्तारुढ दल नेपाली कांग्रेसको तरुण विभागले नगदसहित सम्मान गरेको हो ।

खेलाडीहरुलाई गृहमन्त्री बालकृष्ण खाण, तरुण विभाग प्रमुख शंकर भण्डारीलगायतले सम्मान गरेका थिए । खेलाडीहरुलाई दिइएको नगदबारे भने खुलाइएको छैन । माल्दिभ्समा भएको साफ च्याम्पियनसीपमा नेपाली टोली पहिलो पटक फाइनल प्रवेश गरेको थियो ।

फाइनलमा नेपाली टिम भारतसँग ३–० ले पराजित भएपछि उप विजेतामा सीमित भएको थियो । साफको २८ वर्षको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको नेपाली टोलीका खेलाडीलाई जनही पाँच लाख र प्रशिक्षक र तथा अफिसियललाई ३ लाख दिने निर्णय गरिसकेको छ ।

उक्त खेबलाट नेपाललाई विजयी बनाउने खेलाडीको चाहना अधुरै रह्यो तरपनि नेपालको शान उँचो बनाए । उक्त खेलमा सहभागी खेलाडी सुजल श्रेष्ठ शिल्ड भित्र्याउने चाहना कायमै रहेको बताउँछन् ।

उनले भने, “हामी उपविजेता होइन प्रथम भएर शिल्ड भित्र्याउन चहन्छौँ ।” उनले त्यसका लागि साथ, सहयोग र हौसला दिन आम नेपालीलाई अनुरोध पनि गरे ।

गृहमन्त्री बालकृष्ण खाँणसामु उनले यस्ता सम्मानले नतिजा ल्याउन हौसला दिने उल्लेख गर्दै आम नेपालीबाट यस्तै मायाको निरन्तरताको अपेक्षा रहेको पनि सुनाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV