१० कार्तिक २०७८, बुधबार

काठमाडौं । साथीको हत्यामा संलग्न रहेको आरोप लागेका एक जनालाई २ वर्षपछि नियन्त्रणमा लिइएको छ ।

आफ्नै साथीको हत्यामा संलग्न मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नम्बर १ फुलबारीका २४ वर्षीय जय सिंगारलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

उनलाई ललितपुरको च्यासलबाट बुधबार पक्राउ गरिएको जनाइएको छ । उदयपुरको कटारीका ३३ वर्षीय हरि खड्काको हत्यामा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

यस अघि प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । खड्काको २०७६ साल साउन २५ गते कुटपिट गरी हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV