१० कार्तिक २०७८, बुधबार
  • महेश्वर के.सी.

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा न्यायपालिकाको स्वतन्त्र र रक्षाका लागि नागरिक प्रदर्शन गरिएको छ ।

बुधबार साँझ साढे ४ बजे विवेकशील साझा पार्टीले नागरिक प्रदर्शन गरेको हो ।

प्रदर्शनमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरिएको छ । प्रधानन्यायाधीश जबराले न्यायालयको साख जोगाउन नसकेको भन्दै उनीमाथि अहिले चौतर्फी हमला भइरहेको छ ।

सर्वाेच्च अदालतका न्यायाधीश, नेपाल बार एशोसिएसनलगायत न्यायालयसँगसम्बन्धित संस्थाले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेका छन् ।

माइतीघरमा नागरिक आन्दोलनकर्मीले ‘प्रधानन्यायाधीश राजीनामा देउ,’ ‘न्यायाधीशहरु बेञ्चमा फर्क,’ ‘नेताहरु माफी माग’ ‘नेताहरु न्यायालयमा हस्तक्षेप नगर,’ भन्दै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV