१० कार्तिक २०७८, बुधबार

एजेन्सी । इराकको पूर्वी प्रान्त दियालामा आइएसको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

उक्त प्रान्तमा आइएसका आक्रमणकारीले पछिल्लो समयमा हिंसात्मक क्रियाकलापहरु अगाडि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको जनाइएको छ ।

उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरुको खोजी अभियानलाई तीब्र पारिएको बताइएको छ । गत हप्तामात्र पनि सो दियाला प्रान्तमा त्यहाँका सुरक्षा निकायहरुले गरेको कारबाहीका क्रममा आइएसका केही सदस्यको ज्यान गएको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV