१० कार्तिक २०७८, बुधबार

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ‘हेल्दी च्वाइस क्लिनिक’ले नेपालमै पहिलो पटक पानीको फोहोरा प्रयोग गरी पेट, कम्मर, तिघ्रा, हात र घाँटीबाट बोसो हटाउने प्रविधि ‘लिपोसक्सन’ सञ्चालनमा ल्याएको छ । लिपोसक्सन एक सर्जिकल प्रक्रिया हो, जसले शरीरको पेट, कम्मर, तिघ्रा, हात, घाँटी जस्ता अन्य विशिष्ट अंगहरूबाट बोसो हटाउन सक्शन प्रविधि प्रयोग गर्दछ ।

यो नयाँ प्रविधिले बोसो हटाउनका लागि पानीको निरन्तर प्रवाहको प्रयोग गर्दछ । यस प्रविधिलाई विश्वभरका प्रसिद्ध उपकरणहरूको मेडिकल उपकरण आपूर्तिकर्ता ‘द मल्ल इङ्क’ले ल्याएको हो ।

हेल्दी च्वाइस क्लिनिकका डा. उदीप श्रेष्ठका अनुसार यस बडी–जेट प्रविधिबाट शरीरका अंगहरूबाट बोसो हटाउने प्रक्रिया मात्र दुई घण्टामा सुरक्षित, प्रभावकारी र सजिलो तरिकाले पूरा हुन्छ ।

उनी भन्छन्, ‘यस केन्द्रमा प्रयोग हुने विश्वको उत्कृष्ट उपकरणहरूले उच्च दक्षता सुनिश्चित गर्दछ र पेट, कम्मर, भित्री तिघ्रा, बाहिरी तिघ्रा, घुँडा, बाछो, पिठ, हात, चिन जस्ता अंगहरूबाट धेरै मात्रामा बोसो हटाउन मद्दत गर्छ ।’

त्यस्तै द मल्ल इन्कका प्रबन्ध निर्देशक सजल मल्लका अनुसार ‘लिपोसक्सन’ जर्मन प्रविधिबाट बनेको उपकरण हो । उनले भनेका छन्, ‘यसले पहिलेको प्रविधि भन्दा राम्रो परिणाम दिन्छ । अल्ट्रासोनिक जस्ता अन्य प्रविधीले बोसो पगाल्नको लागि धेरै उच्च गतिमा कम्पन हुने सुईको प्रयोग गरिन्छ । यसले तातोपन उत्पन्न गर्छ र छालालाई जलाउन सक्छ । यस बडी–जेट प्रविधिले तातोपन उत्पन्न गर्दैन र छालालाई पनि जलाउदैन ।’

उनले थप भनेका छन्, ‘वाटर–जेटको प्रवाह मिलाउनसक्ने हुनाले रक्तश्रापलाई पनि कम गर्दछ । घाउ हुन तथा शरीरको अंगलाई सुन्निन कम गर्छ । त्यसैले, यसले उपचार पाई रहेको व्यक्तिको लागि उच्चतम सुरक्षा, आराम र दक्षताको ग्यारेन्टी गर्दछ ।’

द मल्ल इन्क नेपालमा लेजर प्रविधि भित्र्याउने मुख्य आपूर्ति कर्ता हो । यस कम्पनी अल्मा लेजर नामकविश्वकै अग्रणी स्थानमा रहेको लेजर प्रविधि कम्पनीको नेपालका लागि एक मात्र आयात कर्ता हो ।

प्रबन्ध निर्देशक मल्लले यस प्रविधि सञ्चालनमा ल्याएकोमा द हेल्दी च्वाइस क्लिनिकका डा उदीप श्रेष्ठलाई बधाई पनि दिएका छन् । उनले भनेका छन्, ‘हामी उहाँको क्लिनिकमा छिट्टै थप नयाँ प्रविधिहरू उपलब्ध गराउने छौं, किनभने हाम्रो ध्येय र परिकल्पना एउटै छ । साथै हामी हाम्रो देश नेपालमा थप नयाँ प्रविधिहरू भित्राउन चाहन्छौँ ।’

सो क्लिनिकका स्वास्थ्यकर्मीहरूलाई भारतका डाक्टर सन्दिप जैनले प्रशिक्षण दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV