१० कार्तिक २०७८, बुधबार

काठमाडौं । बागमती प्रदेशमा भोलि (बिहीबार) दिउँसो ३ बजेभित्र मुख्यमन्त्री पदका लागि दावी पेश गर्न आह्वान गरिएको छ ।

विज्ञप्तिमार्फत प्रदेश प्रमुख कार्यालयले दुई वा दुईभन्दा बढी दलहरूबाट बिहीबार अपरान्ह ३ बजेभित्र मुख्यमन्त्री पदको दावी गर्न आह्वान गरेको छ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएर स्वीकृत भएसँगै नयाँ सरकार गठन गर्ने बाटो खुलेको थियो।

नयाँ मुख्यमन्त्रीमा विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई नयाँ मुख्यमन्त्री बनाउने प्रस्ताव गरेको छ ।

अब, बागमतीमा नेपाली कांग्रेस र नेकपा (एस) बीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको बताइएको छ

प्रतिक्रिया दिनुहोस्

LIVE TV