१० कार्तिक २०७८, बुधबार

एजेन्सी । कोरोनाका कारण मार्च २०२० देखि बन्द रहेका दिल्लीका विद्यालय नोभेम्बर १ बाट खोल्न सकिनेछ । यससँगै दिल्लीमा छठ पूजाका लागि पनि अनुमति दिइएको छ ।

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले भने,’विज्ञहरूले सल्लाह दिएका छन्, कि स्कूलहरूले बच्चालाई कुनै पनि अभिभावकलाई अफलाइन कक्षामा उपस्थित हुन बाध्य पार्न सक्दैन’। तर उनले सबै विद्यालयले ५० प्रतिशत बालबालिका मात्र कक्षामा उपस्थित हुने कुरा सुनिश्चित गर्नुपर्ने बताए ।

कोरोनाका कारण यस वर्षको १० र १२को बोर्ड परीक्षा पनि हुन नसकेको जनाइएको छ । केही सिनियर कक्षाका बालबालिकाहरू सीमित संख्यामा निश्चित दिनमा विद्यालय गएको र अधिकांश विद्यार्थीहरू मार्च २०२० पछि विद्यालय नगएको बताइएको छ।

दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले भने, ‘दिल्लीका सबै विद्यालय र शैक्षिक संस्थाहरूलाई नोभेम्बर १ देखि सबै कक्षाका लागि खोल्न अनुमति दिनेछ। तर विद्यालय जान नचाहने विद्यार्थीहरूका लागि अनलाइन कक्षाहरू जारी रहनेछन्।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV