१० कार्तिक २०७८, बुधबार

काठमाडौँ । सेयर बजार परिसुचक नेप्से  १८.०६ अंकले बढेर २,७६९.१३ विन्दुमा बन्द भएको हो । लामाे समय ओरालो लागेको बजार केही दिनदेखि भने उकालो लागिरहेको छ ।

सेयर खरिदबिक्री रकम पनि ६ अर्ब ६१ करोड रुपैयाँभन्दा माथि रहेको छ । कारोबार रकम क्रमशः विस्तार भइरहेको छ । नेप्सेले बुधबार २८ सय विन्दु पार गरेर फर्किएको हो ।

१३ मध्ये ९ समूहको सूचकमा हरियाली देखिएको छ । बिमा समूहरु, माइक्रोफाइनान्स तथा अन्य समूहहरु बढी चम्किएका छन् । बैकिङ समूह पनि हरियो बनेको छ ।

४३ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइसीएफसी फाइनान्स र एनआइसी एसिया बैंक परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV