१० कार्तिक २०७८, बुधबार

काठमाडौं । बुधबार सर्वाेच्चमा पाँचवटा मुद्धाको सुनुवाईसँगै ‘फुल कोर्ट’ बैठक पनि बस्यो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज पाँच वटा मुद्धाको सुनुवाई गरेका थिए ।

यसअघि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका न्यायाधीशहरु यसअघि तोकिएको इजलास बहिष्कार गरेपनि ‘फुल कोर्ट’ बैठकमा सहभागी भए ।

बैठक पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्न डाकिएकाले न्यायाधीशहरु बैठकमा उपस्थित भएका थिए । शोक प्रस्ताव पारित भएपछि फुल कोर्ट बैठक सकिएको थियो ।

बैठक सकिएपछि प्रधानन्यायाधीश जबरा कार्यालय समयअगावै बाहिरिए ।

आज प्रधानन्यायाधीश जबराले आफूसहित दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भर श्रेष्ठ लगायत पाँच जनाको पूर्ण इजलास तोकेका थिए।

तर, प्रधानन्यायाधीशको राजीनामा माग गरेका अरु न्यायाधीश प्रधानन्यायाधीशबारे धारणा बनाउन छलफलमा जुटेका थिए ।

प्रधानन्यायाधीशले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उनीहरुको माग यथावतै छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV