१० कार्तिक २०७८, बुधबार

एजेन्सी । अष्ट्रेलियामा रेष्टुरेन्टदेखि खेलकुद केन्द्रसम्म कर्मचारीको अभाव हुन थालेको छ ।

कोरोना भाइरसको कारण लकडाउन लगाइएपछि अष्ट्रेलियामा कामदार र विदेशी विद्यार्थी आ–आफ्नो घर फर्किएपछि कर्मचारीको अभाव हुन थालेको हो ।

कडाइका साथ सीमा बन्द भएको हुँदा अष्ट्रेलियामा अनौपचारिक कामदार (क्याजुअल वर्कर्स) को अभाव देखिन थालेको जनाइएको छ । त्यहाँको अर्थतन्त्र खुला भएपनि सिड्नीज अल सिजन्सजस्ता हस्पिटालिटी केन्द्रित फर्मले सेवा दिन नसकेको बताइएको छ ।

रोएटर्सका अनुसार सर्वसाधारणको भीड हुने व्यवसायमा सबैभन्दा धेरै श्रम अभाव देखिएको छ । रोजगार भिसा पाएका गैरआवासीय कामदारको संख्या गत वर्षदेखि यो वर्षको जुनसम्म दुईतिहाइले घटेको सरकारी तथ्याङ्कमा दखिएको छ।

रेष्टुरेन्टमा काम गर्न आएबापत् २ हजार अस्ट्रेलियन डलर अग्रीम बोनस दिने भनेर विज्ञापन गर्दा पनि अन्तर्वार्ता दिन कोही नआएको जनाइएको छ।

२२ लाख अनौपचारिक कामदार बस्ने सिड्नीमा चार महिनापछि लकडाउन हटाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV