१० कार्तिक २०७८, बुधबार

काठमाडौँ । हाम्रो पात्रोको निर्देशक बोर्ड अध्यक्षमा डा. रुद्र पाण्डे नियुक्त भएका छन् । अमेरिकाको डेलावेरमा दर्ता भएको हाम्रोपात्रो इन्कर्पोरेशनको अध्यक्षमा पाण्डेलाई मनोनित गरेको हो ।

हाम्रो पात्रोले बुधवार प्रेस विज्ञप्ती जारी गर्दै पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको जानकारी गराएको छ।

आफ्नो नेतृत्वको श्रेणीमा रुद्र पाण्डेलाई स्वागत गर्न पाउँदा उत्साहित भएको हाम्रो पात्राले जनाएको छ। यो सँगै निर्देशक बोर्डका अध्यक्षका रुपमा रुद्र पाण्डेले हाम्रो पात्राको संस्थापक तथा प्रमुख कार्यकारी शंकर उप्रेतीसँगै रहेर हाम्रो पात्रोका लागि काम गर्ने बताइएको छ।

मोबाइल एपमा एक करोड पटक डाउनलोड भइसकेको हाम्रोपात्रोलाई अगाडि बढाउन पाण्डेको अग्रणी भूमिमा रहने कम्पनीले विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV