१० कार्तिक २०७८, बुधबार

काठमाडौं । पछिल्लो समय बलिउड अभिनेत्री क्याट्रिना कैफ र अभिनेता विक्की कौशलको अफेयरको धेरै चर्चा हुने गरेको छ । तर, यो जोडीले आफ्नो रिलेशनसीपको बारेमा भने कहिल्यै पनि आधिकारिक रुपमा जानकारी दिएका छैनन् ।

एक रिपोर्टसका अनुसार अब भने चाँडै नै अभिनेत्री क्याट्रिना र विक्कीको घरमा सहनाई बज्ने भएको छ । टीओआईमा छापिएको एक समाचार अनुसार क्याट्रिना र विक्कीले चाँडैले एक–अर्कासँग विहे गरेर सँधैका लागि एक अर्काको हात थाम्ने भएका छन् ।

रिपोर्टका अनुसार क्याट्रिना र विक्कीले आफ्नो विहेको तयारी समेत सुरु गरिसकेका छन् । एक सुत्रले भनेका छन्, ‘क्याट्रिना र विक्कीको वेडिङ आउटफिट्स चर्चित फेशन डिजाइनर सब्यासाचीले डिजाइन गरिरहेका छन् । जसका लागि उनिहरुले फेब्रिक कपडा चुनेका छन् ।’

सुत्रका अनुसार अभिनेत्री क्याट्रिनाले राँ सिल्क फेब्रिक चुनेकी छन् । क्याट्रिना र विक्कीको विहे डिसेम्बरमा हुनेछ, भने क्याट्रिनाले आफ्नो विहेमा लेहेङ्गा लगाउने भएकी छन् ।

त्यसोत केही समय पहिले पनि क्याट्रिना र विक्कीको रोका सेरेमनीको समाचारले पनि खुब चर्चा मच्चाएको थियो । रिपोर्टमा उनीहरुले ‘गुपचुप विहे गरे’ भन्ने थियो । प्रायः क्याट्रिना र विक्की एक–अर्कासँग भेटिदै आएका छन् ।

भर्खरै पनि विक्की कौशलको फिल्म ‘सरदार उधम’को स्क्रीनिङमा उनीहरु सँगै देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV